मिर्गौला पीडितलाई सहयोग भन्दै चन्दा उठाउँदै हिँड्ने तीन पक्राउ

admin

कास्की,  ५ भाद्र :  जिल्ला प्र हरी कार्यालय कास्कीले विभिन्न ठाउँमा मिर्गौला पीडितको उपचार गर्ने बहानामा चन्दा उठाउने तीन व्यक्तिलाई प क्राउ गरेको छ ।

युनिक स्वयंसेवक नेपाल, धरान सुनसरी नामको संस्थाबाट रसिद छपाइ पोखरामा मिर्गौला पीडितको नाममा चन्दा सङ्कलन गर्ने संस्थाकी अध्यक्ष झापाको बिर्तामोडकी ३४ वर्षीया एलिजा बस्नेत र सदस्यद्वय हल्दीबारीका ४४ वर्षीय धनबहादुर सेञ्चुरी तथा बिर्तामोडका ३२ वर्षीय टेकबहादुर बस्नेतलाई प क्राउ गरिएको हो ।

प्र हरी नायब उपरीक्षक सुवास हमालका अनुसार गोप्य सूचनाका आधारमा पोखरा महानगरपालिका–२६ विजयपुरमा रहेकाे न्यू हाइ वे स्टाफ होटल एण्ड लजबाट उनीहरुलाई चन्दा उठाउन प्रयोग भएका रसिद, पर्चा र चार लाख छ हजार ४०६ नगदसहित पक्राउ गरिएको हो ।

उनीहरुले १२ जना बिरामीको नाममा समूह बनाएर १० अटो टेम्पाे भाडामा लिइ कास्की, तनहुँ, स्याङ्जा, दैलेख, सुनसरी, चितवन, नवलपरासी, पाल्पालगायतका जिल्लाबाट चन्दा सङ्कलन गर्दै आएको उहाँले जानकारी दिनुभयो । चन्दा ऐन २०३० अन्तर्गत उनीहरुको जिल्ला अदालतबाट पाँच दिन म्याद थप गरि आवश्यक अनुसन्धान भइरहेको छ ।

प्रतिक्रिया