अब रहेनन् जनगायक जेबी टुहुरे

admin

काठमाडौं, १० भाद्र : जनगायक जेबी टुहुरे (जुठबहादुर खड्गी)को ७८ वर्षको उमेरमा निधन भएको छ । जेबीको बयोधा अस्पतालमा उपचारका क्रममा बिहीबार निधन भएको हो । मंगलबार कलंकीस्थित घरमा एक्कासी लडेपछि बयोधा अस्पताल लगिएको थियो ।

उनलाई मुटु, फोक्सो, मधुमेह र उच्च रक्तचापका दीर्घरोग समेत थियो । उनको (आज) बिहीबार नै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने पारिवारिक श्रोतले जानकारी दिएको छ । १५० भन्दा बढी जनपक्षीय गीत रेकर्ड गराएका टुहुरेको ‘आमा दिदीबहिनी हो, कति बस्छौ दासी भई’ ‘बसाइ हिड्नेको ताँतीले’ गीत चर्चित छ ।

सुनसरीको धरानमा जन्मिएका टुहुरे दोस्रो संविधानसभामा तत्कालीन एनेकपा माओवादीबाट समानुपातिक सभासदसमेत बनेका थिए । २०७५ सालमा उनको नाममा जेबी टुहुरे फाउण्डेसनसमेत स्थापना गरिएको छ । फाण्डेसनको अध्यक्ष उनकी छोरी निर्भीका छिन् ।

प्रतिक्रिया