सरकारमा जाने विषयमा कुनै छलफल भएको छैन : महन्थ ठाकुर

admin

काठमाडौं, ११ भाद्र : नवगठित लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा) ले प्रधानमन्त्री शेरबहादुर देउवासँग सरकारमा जाने विषयमा कुनै पनि छलफल नभएको जनाएको छ । प्रधानमन्त्री देउवाले मन्त्रिपरिषद्लाई पूर्णता दिने तयारी गरिरहेका बेला नवगठित (लोसपा) का अध्यक्ष महन्थ ठाकुरले सरकारमा जाने विषयमा आफ्नो पार्टीसँग कुनै छलफल नभएको बताएका हुन् ।

बबरमहलमा रहेको आफ्नै पार्टीको केन्द्रीय कार्यालयमा शुक्रबार सञ्चारकर्मीले राखेका जिज्ञासाको जवाफ दिने क्रममा उनले पार्टी दर्ता नै भर्खर भएको उल्लेख गर्दै प्रधानमन्त्री देउवाले सोधे मात्रै सरकारमा जाने विषयमा आफूहरूले आवश्यक निर्णय गर्ने स्पष्ट पारे । अध्यक्ष ठाकुरले सत्तारुढ गठबन्धनसँग चुनावी तालमेल गर्ने वा नगर्ने विषयमा पनि पार्टीले धारणा तय गरी नसकेको पनि स्पष्ट पारे ।

प्रतिक्रिया