मकवानपुरमा ४४ किलो गाँजासहित दुई जना पक्राउ

admin

हेटौंडा , ११ भाद्र : मकवानपुर प्रहरीले ४४ किलो गाँजासहित २ जनालाई प क्राउ गरेको छ । प्रहरीले मनहरी गाउँपालिका–५ स्थित जैसिंहमा भारी बोकेर हिडिरहेको अवस्थामा दुई जनालाई प क्राउ गरेको हो ।

प क्राउ पर्नेमा मनहरी–५ डिल्लीपुर बस्ने २४ वर्षका रामचन्द्र मोक्तान र सोही स्थान बस्ने २२ वर्षका अर्जुन लो रहेका छन् । प क्राउपछि थप अनुसन्धान भइरहेको हेटौंडाका प्रहरी नायव उपरीक्षक जयश्वर रिमालले जानकारी दिनुभयो ।

प्रतिक्रिया