एमसिसीको पक्षमा बज्न थाल्यो राष्ट्रिय टेलिभिजनबाटै विज्ञापन (भिडियोसहित)

admin

काठमाडौं, १४ भाद्र : राजनीतिक रुपमा धेरै नै विवादितसंगै व्यापक बिरोध बनेको मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) को पक्षमा राष्ट्रिय स्तरका सञ्चार माध्यम एपी वान टेलिभिनबाटै विज्ञापन बज्न थालेको छ। नेपालस्थित एमसिसी परियोजना कार्यान्वयन गर्ने कार्यालयले टेलिभिजनमार्फत विज्ञापन दिन सुरु गरेको हो।

‘एमसिसी आफ्नै देशको फाइदाका लागि आएको हो, एमसिसी परियोजनाले विद्युत् उत्पादन गरिदिएपछि विदेशमा पनि निर्यात गर्न सकिने र देशको आर्थिक संवृद्धि हासिल गर्न सकिने’भन्ने भिडियो संवादमा उल्लेख छ।

भिडियोमा संवाद सकिएपछि एमसीसी र त्यसका बिभिन्न पक्षका बारेमा बिस्तृत जानकारी प्राप्त गर्नका लागि भन्दै वेबसाइट www.mcc.gov भिजिट गर्न सक्नुहुनेछ भनेर उल्लेख गरेको छ ।

एपी वान टेलिभिजनमा प्रसारित विज्ञापनमा ‘एमसिसीको लगानीलाई देशको भविष्यका लागि गरिने लगानी’ भएको उल्लेख गरिएको छ। गत वर्ष असार १६ गतेभित्र संसदबाट पारित भइसक्नुपर्ने एमसिसी अझै पारित हुन सकेको छैन। परियोजनाले अमेरिकी हस्तक्षेप यसको विपक्षमा अहिले गाउँगाउँसम्म विरोध छ।
एमसीसीको पक्षमा एपी वान टेलिभिनमा बजेको विज्ञापन

प्रतिक्रिया