सुरक्षा बल प्रयोग गरेर भए पनि भोलिदेखि उपत्यकामा थुप्रिएको फोहर उठाइने

admin

काठमाडौं, १५ भाद्र : काठमाडौं उपत्यकामा थुप्रिएको फोहर बुधबारदेखि उठाइने भएको छ । काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यको संयोजकत्वमा काठमाडौंका प्रमुख जिल्ला अधिकारी, सडक विभागका महानिर्देशक, प्रहरी वरिष्ठ उपरीक्षक लगायतको बैठकले बुधबारदेखि फोहर उठाउने निर्णय गरेको हो ।

लामो समय फोहर नउठ्दा अरू समस्या आउने खतरा बढेकाले विसर्जनस्थलको समस्याकै बीच पनि बुधबारदेखि फोहोर उठाउने निर्णय भएको मेयर शाक्यले बताए । विसर्जनस्थलको समस्या समाधानका लागि अरू निकायसँग समन्वय भइरहेको र अहिले थुप्रिएको फोहर भने बुधबारदेखि नै उठाउने उनले बताए ।

बैठकले फोहर व्यवस्थापनमा समस्या आएमा सुरक्षा बल प्रयोग गरेर भए पनि काम गर्ने निर्णय गरेको छ । काठमाडौं महानगरपालिकासहित उपत्यकाका विभिन्न सडक र चोकमा फोहोर थुप्रिँदा दुर्गन्ध बढेको छ ।

प्रतिक्रिया