पर्वत, १८ भाद्र : पर्वतका विभिन्न ठाउँमा पहिरोले पुरिँदा पाँचजनाको मृ त्यु भएको छ। तीन जना बे पत्ता भएका छन्। बिहीबार रातिको भीषण वर्षापछि पहिरो जाँदा कुश्मा नगरपालिका–३ दुर्लुङमा पाँचजना पुरिएकामा दुई मृतावस्थामा फेला परेका छन्।
पहिरोमा पुरिएका एकै घरका पाँच जनामध्ये १५ वर्षीया विमला पौडेल र ११ वर्षीया विनिता पौडेलको श व निकालिएको छ। तीन बेपत्ता रहेको हुनाले खोजी भइरहेको जिल्ला प्र हरी कार्यालयका प्रहरी नायब उपरीक्षक शिवराज बुढाथोकीले जानकारी दिए।
यस्तै‚ कुश्मा नगरपालिका–११ पकुवामा पहिरोमा पुरिएका ३५ वर्षीया दुर्गा पौडेल र उनका ६ वर्षीय छोरा गणेशको श व फेला परेको प्रहरी नायब उपरीक्षक बुढाथोकीले जानकारी दिए। मोदी गाउँपालिका–५ अम्बोटमा पहिरोमा पुरिएर ५० वर्षीया ठूलीमाया थापाको मृ त्यु भएको छ।
जिल्लाका अन्य स्थानमा पनि भीषण वर्षाका कारण क्षति भएको अनुमान गरिए पनि अहिलेसम्म पूर्ण विवरण नआएको प्र हरीले जनाएको छ।