आज राति फेरि ठूलो पानी पर्न सक्ने

admin

काठमाडौं, २१ भदौ : अहिले देशका धेरै ठाउँमा पानी पर्न रोकिए पनि सोमबार राति भने ठूलो वर्षाको सम्भावना छ । राति वाग्मतीसहित गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै ठाउँमा पानी पर्ने मौसमविद्ले बताएका छन् ।

यस्तै काठमाडौंमा पछिल्लो ५ घण्टामा १ सय २१ दशमलव ५ मिलिमिटर वर्षा भएको छ । एकै पटक परेको ठूलो वर्षाका कारण काठमाडौं उपत्यकाका धेरै ठाउँ जलमग्न भएका छन् । यो वर्ष मनसुनमा काठमाडौंमा पहिलो पटक छोटो अवधिमा यति धेरै पानी परेको मौसमविद् मिनकुमार अर्यालले जानकारी दिए ।

बङ्गालको खाडीबाट आएको जलवाष्पयुक्त हावाको प्रभावका कारण स्थानीय वायु पनि सक्रिय हुँदा मेघगर्जनसहित पानी परेको मौसमविद्ले बताएका छन् । अहिले भने पानी पर्न रोकिएको छ । वाग्मती प्रदेशका एक/दुई ठाउँमा पानी परे पनि अन्त रोकिएको मौसमविद् अर्यालले बताए ।

प्रतिक्रिया