आज सामान्य घट्यो सुनको मूल्य, कारोबार कतिमा ?

admin

काठमाडौं, २१ भदौ : सुनको मूल्य सोमबार सामान्य घटेको छ । तोलामा एक सय रुपैयाँले घटेर सुनको मूल्य सोमबार ९१ हजार ४ सय रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

यस्तै, सोमबार तेजाबी सुनको मूल्य समेत आइतबारको तुलनामा एक सय रुपैयाँले नै घट्दै ९० हजार ९०० रुपैयाँ कायम भएको महासंघले जनाएको छ । महासंघका अनुसार चाँदी भने आइतबार जस्तै सोमबार पनि तोलाको १२ सय ३० रुपैयाँमा कारोबार भएको छ ।

प्रतिक्रिया