तत्काल एमसीसी पास हुँदैनः प्रचण्ड

admin

काठमाडौं, २१ भदाै : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमसीसी पास नहुने बताएका छन् । आज वाइसिएलको केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै उनले एमसीसी पास नहुने बताएका हुन् ।

‘एमसीसी पास हुँदैन,’ प्रचण्डको भनाई उदृत गर्दै बैठकमा सहभागी वाइसिएल नेता भने, ‘हामीले अमेरिकालाई कुटनीतिक नोट पठाएकोमा जवाफ आएन । जवाफ नआएकाले एमसीसी पास हुँदैन ।’ एमसीसी पास नहुनेमा ढुक्क हुन समेत प्रचण्डले भनेका छन् ।

माओवादीले राष्ट्र र राष्ट्रियतामाथि प्रश्न उठ्ने कुनै विषयमा सहमति नजनाउने बताए । उनले आफ्नो दलले राष्ट्रियतामा सधै अडान लिने गरेको समेत बताए ।

प्रतिक्रिया