विराटनगर ,२१ भदाै : विराटनगर जिल्ला अदालत मोरङमा कार्यरत न्यायाधीश ईश्वर पराजुलीले प्रयोग गर्दै आएको कारको ठक्करबाट विराटनगरमा मंगलबार साँझ एक महिलाको मृ त्यु भएको छ।
निजी नम्बर प्लेटको बा १४ च ६०१६ नम्बरको कारले ठक्कर दिँदा धनकुटाको महालक्ष्मी नगरपालिका–१ की ४२ वर्षीया लक्ष्मी दाहालको मृत्यु भएको मोरङ प्रह रीका प्रवक्ता डीएसपी दीपक श्रेष्ठले जानकारी दिए।
मृतक महिला अदालत परिषरमै रहेको क्यान्टिनकी सञ्चालक हुन्। अदालत परिसरमै पार्किङ गरेर राखेको ठाउँबाट निकाल्ने क्रममा अनियन्त्रित भएको कार बार तोड्दै क्यान्टिनभित्र छिरेर महिलालाई ठक्कर दिएको प्रहरीले जनाएको छ।
कारको ठक्करबाट गम्भीर घाइते भएकी दाहालको उपचारका क्रममा विराटनगरको कोसी अस्पतालमा साँझ ५:१५ बजेतिर मृत्यु भएको डीएसपी श्रेष्ठले बताए।
प्रहरीका अनुसार पार्किङ गरेर राखिएको कार निकाल्ने क्रममा न्यायाधीश पराजुलीका अंगरक्षक प्रहरी हवल्दार विन्दकुमार सिंहले चलाएको खुलेको छ।