एमाले संसदीय दलको बैठक आज बस्दै

admin

काठमाडौं, २३ भदौ : नेकपा एमालेको संसदीय दलको बैठक आज बिहान बस्दैछ । सरकारले आजबाट संसदको अधिवेशन बोलाएको अवस्थामा संसदमा पार्टीले खेल्ने भूमिकाबारे छलफल गर्न बैठक बोलाईएको हो ।

बैठक आज बिहान ९ बजे बस्ने पार्टी केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिनुभयो । संघीय संसदको बैठक अपरान्ह ४ बजे बोलाइएको छ ।

पछिल्लो समय एमाले सभामुख अग्निप्रसाद सापकोटाप्रति आक्रामक देखिएकाले संसद बैठक सहज नहुने अनुमान गर्न थालिएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचारहरू