काभ्रेमा रोशी खोलाले बगाउँदा बालकको ज्यान गयो

admin

काभ्रे, २९ भदाै : काभ्रेको रोशी गाउँपालिकामा विद्यालयबाट घर जाँदै गरेका बालकलाई खोलाले बगाउँदा ज्यान गएको छ । जिल्ला प्रहरी कार्यालय काभ्रेका डिएसपी हरि खतिवडाका अनुसार विद्यालयबाट घर जाने क्रममा पौडी खेल्दा बालकलाई खोलाले बगाएको हो ।

मृ त्यु हुनेमा वर्ष ८ को अबि तामाङ रहेका छन् । वडा नम्बर ५ का अबिलाई रोशी खोलाले बगाएको थियो । बालकको शव रोशी गाउँपालिका वडा नम्बर ११ कालढुंगा स्थित रोशी खोलाको किनारमा फेला परेको ईलाका प्र हरी कार्यालय मंगलटारले जनाएको छ ।

प्रतिक्रिया