काठमाडौं, ५ असाेज : कञ्चनपुरमा भारतीय तस्कर समूहले आक्रमण गर्दा तीन जना सशस्त्र प्रह री घा इते भएका छन् । दोधारा चाँदनी नगरपालिका-८ सुन्दरनगर नजिकै नेपाल–भारत सीमा क्षेत्रमा गस्तीमा खटिएका नेपाली सशस्त्र प्रह रीको टोलीमाथि भारतीय तस्करको समूहले हिजो बेलुका आक्र मण गरेका हुन् ।
आक्र मणबाट सशस्त्र प्रह रीको बीओपी सुन्दरनगरमा कार्यरत तीन जना जवान समान्य घाइ ते भएका सशस्त्र प्रह री बल नेपाल नम्बर ३५ नम्बर गण शैलेश्वरीले जनाएको छ । घाइ तेमध्ये सशस्त्र प्रहरी जवान सुन्दर सुनारकाे टाउकाे हात र खुट्टा चाे ट लागेकाे छ ।
घाइ तेहरुको दोधारा चाँदनीको स्वास्थ्य चौकीमा उपचार भइरहेको सशस्त्र प्रह री बल नेपाल नम्बर ३५ गण शैलेश्वरीका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक वीरेन्द्र ऐरले जानकारी दिनुभयो । ७/८ जनाको समूहमा आएका तस्कर आक्र मणपछि भागेका छन् ।
मोटरसाइकलमा भारतबाट सामान ल्याउँदै गरेका उनीहरुले सीमाक्षेत्र नजिक ढु्ङ्गामुढा गरेका हुन् । उनीहरुको पहिचान भएको र पक्रा उ गरी कानुन अनुसार कारबाही गर्ने आश्वासन भारतीय पक्षले दिएको पनि एसपी ऐरले बताउनुभयो । यसअघि कैलालीमा तस्कर समूहले गस्तीमा रहेका प्रह री सहायक निरीक्षक र प्रहरी जवानकाे ह त्या गरेका थिए ।