काठमाडौं, ५ असाेज : कमेडी च्याम्पियनमा फर्स्ट रनर अप भएका विक्की अग्रवालले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा छुटाएको ब्याग प्रह रीले भेटेर उनलाई बुझाएको छ।
ब्यागभित्र रहेको परिचय पत्रका आधारमा बिक्कीलाई ब्याग बुझाइएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयले जनाएको छ। कम्मरमा भिर्ने खालको कालो ब्यागमा २ हजार ९ सय ४० नेपाली रुपैयाँ, ७ सय ९० भारतीय रुपैयाँ तथा एप्पल वाच र एयरफोन थियो।
विमानस्थलको स्वर्णद्धार नजिकै असोज ३ गते उक्त ब्याग बेवारिसे अवस्थामा प्रह रीले फेला पारेको थियो। गत शनिबार बिक्कीलाई पछि पार्दै भरतमणि पौडेलले कमेडी च्याम्पियनको उपाधि जितेका थिए।