चीनमा पानी जहाज दुर्घटना हुँदा कम्तीमा १२ जनाको मृत्यु

admin

एजेन्सी : चीनको गुझाउ प्रान्तमा भएको पानी जहाज दु र्घट नामा परी कम्तीमा १२ जनाको मृ त्यु भएको छ । जान्क नदीमा भएको दुर्घटनामा परी अरु तीन जना हराईरहेको सरकारी अधिकारीले जानकारी दिएका छन् ।

अत्यधिक भारका कारण जहाज पल्टिएको हुनसक्ने प्रारम्भिक अनुमान गरिएको छ । दु र्घटना भएका बेला जहाजमा ४० यात्रु थिए । घट नापछि अरुलाई उद्धार गरिएको थियो भने हराइरहेकाहरुको अहिले पनि खोजी भइरहेको जनाइएको छ । खोजीका लागि ५० भन्दा बढी जहाज र २ सय १४ जना उद्धारकर्ता परिचालन गरिएको छ ।

प्रतिक्रिया