साढे ३३ किलो सुन र सनमको ह’त्या प्रकरण : मुख्य आरोपीसहित ६ जनालाई जन्म कैद

admin

काठमाडौं, १९ असोज : जिल्ला अदालत मोरङले मुख्य आरोपी चूडामणि उप्रेती ‘गोरे’ सहित ६ जनालाई जन्म कैदको फैसला सुनाएको छ । साढे ३३ किलो सुन तस्करी र भरिया सनम शाक्यको ह’त्या प्रकरणमा संलग्न मंगलबार मुद्दाको अन्तिम सुनुवाइ गर्दै अदालतले कर्तव्य ज्यानतर्फ ६ जनालाई जन्म कैदको फैसला सुनाएको हो ।

यस्तै एक जनालाई तीन वर्ष र एक जनालाई ६ महिनाको सजाय तोक्दै बाँकी सबै प्रतिवादीलाई सफाइ दिइएको छ । यस प्रकरणमा मुछिएका सबै प्रहरीले पनि सफाइ पाएका छन् । यस प्रकरणमा प्रतिवादीमध्ये २१ जना अहिले पनि फरार छन् । फरारका नाममा इजलासले मुद्दालाई मुलतबीमा राखेको अदालतले जनाएको छ ।

यस प्रकरणमा मुख्य आरोपी ‘गोरे’ सहित ७७ जनाविरुद्ध मोरङ प्रहरीले २०७५ बैशाख १९ गते अपराधिक समूह स्थापना गरी सञ्चालन गरेको, सुनको अवैध कारोबार गरेको, अपहरण, शरीर बन्धक र कर्तव्य ज्यान मुद्दामा जिल्ला अदालत मोरङमा अभियोग पत्र दर्ता गरेको थियो । अभियोग पत्रमा १७ अर्ब एक करोड ८० लाखभन्दा धेरै बिगो माग गरिएको थियो ।

प्रतिक्रिया