म प्रधानन्यायाधीशको कोटामा मन्त्री बनेको होइन: गजेन्द्र हमाल

admin

काठमाडौँ, २२ असोज : नवनियुक्त मन्त्री गजेन्द्र हमालले आफू प्रधानन्यायाधीशको कोटामा मन्त्री बनेको नभई कांग्रेसमै आफूले लामो समयदेखि योगदान गरेको जिकिर गरेका छन्।

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाका जेठान नाता पर्ने हमाल राणाको कोटामा मन्त्री बनेको भनी आरोपित भएका थिए। ‘यो आरोपमा कुनै सत्यता छैन,’ मन्त्री नियुक्त भएपछि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा पदभार ग्रहण गर्दै हमालले भने।

सञ्चारकर्मीहरुले तपाईँ प्रधानन्यायाधीश राणाको कोटामा मन्त्री बनेको हो भनी प्रश्न गर्दा हमालले आफू लामो समयदेखि कांग्रेस राजनीतिमा समर्पित भएको उल्लेख गरे।

सञ्चारकर्मीहरुले सोधे- प्रधानन्यायाधीश राणासँग तपाईँको नाता पर्छ कि पर्दैन?
जवाफमा हमालले भने- यहाँ कसको कोसँग नाता पर्दैन र?
शुक्रबार मन्त्रीपरिषद् विस्तारका क्रममा सांसद नरहेका हमालले पनि मौका पाएका हुन्। कांग्रेस राजनीतिमा रहे पनि सांसद नभएका कारण उनी ६ महिनामात्रै मन्त्री बन्नेछन्।

प्रतिक्रिया