सिन्धुलीमा खोलाले बगाउँदा युवतीको मृत्यु

admin

सिन्धुली, कार्तिक २:  मामा घरमा टीका लगाएर फर्किँदा खोलाले बगाएर मंगलबार एक युवतीको मृ त्यु भएको छ ।

मृ त्यु हुनेमा सिन्धुलीको फिक्कल गाउँपालिका ५ जाङजाङकी २० वर्षीया सरिता भुजेल रहेकी छन् ।

वडा नं ४ को खाङसाङबाट जाङजाङ घर फर्किने क्रममा खोलापार गर्न लाग्दा बाढीले भुजेललाई बगाएको फिक्कल गाउँपालिकाकी उपाध्यक्ष पार्वती सुनुवारले जानकारी दिइन् ।

उनका अनुसार युवतीको श व बगाएको स्थानबाट करिब एक किलोमिटर तल भेटिएको थियो ।

प्रतिक्रिया