मध्य भोटेकोशीको आइपीओ आज बाँडफाँट हुने

admin

काठमाडौँ, कार्तिक १२ : मध्य भोटेकोशी जलविद्युत कम्पनीको आइपीओ आज बाँडफाँट हुने भएको छ। बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलका अनुसार आज बिहान ९ बजे आइपीओ बाँडफाँट गरिनेछ।

आइपीओ बिक्री बन्द हुँदासम्म यसमा २३ लाख ९३ हजार ४२८ जना आवेदकबाट ३ करोड ४३ लाख ६० हजार १० कित्ताका लागि आवेदन परेको थियो। जुन सर्वसाधारणबाट माग गरिएको भन्दा ४ दशमलव १९ गुणा बढी हो।

कम्पनीले असोज २० गतेबाट २५ गतेसम्म कुल ९० करोड रुपैयाँ बराबरको ९० लाख कित्ता साधारण सेयर निष्कासन गरेको थियो।

जसमध्ये ५ प्रतिशत अर्थात् ४ लाख ५० हजार कित्ता सामूहिक लगानी कोष र ४ प्रतिशत अथवा ३ लाख ६० हजार कित्ता सेयर कर्मचारीहरुका लागि छुट्याइएको थियो। बाँकी ८१ लाख ९० हजार कित्ता सर्वसाधारणलाई बिक्री गरिएको हो।

प्रतिक्रिया