दिल्लीको प्रदूषण नेपालको तराईसम्म

admin

काठमाडौँ, कात्तिक ३० : भारतको राजधानी नयाँदिल्लीको प्रदूषणको प्रभाव नेपालको तराई क्षेत्रमा पनि देखिएको छ । वातावरण विभागको तथ्यांकअनुसार सोमबार साँझ साढे ६ विराटनगरमा वायुको गुणस्तरको मात्रा सबैभन्दा खराब स्थितिमा पुग्यो ।

त्यहाँ वायु गुणस्तर सूचकांक पिएम – २.५ (पार्टिकुलेट म्याटर) को मात्रा ३०२ माइक्रोग्राम प्रतिघनमिटर पुगेको छ, जुन अत्यन्त घातक हो यो सूचकांक दुई यस ना३नुलाई अति अस्वस्थकर र तीन सय ना३नुलाई घातक मानिन्छ ।

आइतबार विराटनगरमा यो सूचकांक एक सय ९७ थियो । कञ्चनपुर सदरमुकाम भीमदत्तनगरमा आइतबार साँझ यो मात्रा चार सय ६० पुगेको थियो । त्यसमा सुधार भई सोमबार १७६ मा झरेको छ । त्यस्तै, सोमबार सिमरामा एक सय ८४ धनगढीमा एक सय ५५, जनकपुरमा एक सय सात पुगेको छ भने काठमाडौंको कीर्तिपुरमा पनि एक सय १३ पुगेको छ । नेपालगन्ज, लुम्बिनीमा रहेका वायु गुणस्तर मापन केन्द्रको तथ्यांक भने अपडेट भएको छैन ।

नेपालको राष्ट्रिय मापदण्ठअनुसार पिएम २.५ भनिने सूक्ष्म कण हावामा दैनिक औसतमा ४० माइक्रोग्रामभन्दा बढी हुँदा स्वास्थयमा प्रतिकूल असर पार्छ । हिउँदयाममा नेपालको वायु सामान्यतः प्रदूषित हुने गर्छ । त्यसमा पनि भारतीय क्षेत्रको प्रदूषणको प्रभावले प्रदूषण बढ्ने गरेको छ।

‘स्याटेलाइट हेर्दा दक्षिण एसियाली स्वरुप नै प्रदूषित देखिन्छ । काठमाडौंको वायु खराब भइसकेको त छैन, तर तराईमा असर पर्न थालेको छ,’ वातावरण विभागका वातावरण निरीक्षक गोविन्द लामिछाने भन्छन्, ‘हिउँदमा हावा पश्चिमबाट पूर्व बहने भएकाले दिल्ली तथा भारतीय सीमा क्षेत्रमा प्रदूषणले नेपालमा केही न केही असर गर्छ ।’ यो खबर आजको नयाँ पत्रिका दैनिकमा छापिएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचारहरू