थप ३८५ जनामा कोरोना संक्रमण पुष्टि, ४ जनाको मृत्यु

admin

काठमाडौँ, मंसिर ६ : नेपालमा पछिल्लो २४ घण्टामा थप ३ सय ८५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । देशभर १२ हजार ६ सय ९७ जनाको परीक्षण गर्दा सो परिणाममा संक्रमितहरु थपिएका हुन् ।

त्यसैगरी, पछिल्लो २४ घण्टामा देशभर थप २ सय ५८ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेको संख्या ८ लाख ६ सय १७ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा नेपालमा कोरोनाका कारण ४ जनाको मृत्यु भएको छ । योसँगै हालसम्म नेपालमा कोरोनाका कारण ११ हजार ५ सय जनाको मृत्यु भएको छ ।

प्रतिक्रिया