मौसम महाशाखाको २४ घण्टे चेतावनी : वर्षा, हिमपात र चिसोबाट सतर्क रहनुस्

admin

काठमाडौँ, मंसिर १७ : देशका विभिन्न स्थानमा वर्षा, हिमपात हुने सम्भावनाका साथै दिनप्रतिदिन चिसो बढ्ने क्रम जारी रहेकाले सतर्कता अपनाउन मौसमविद्ले आम नागरिकलाई आग्रह गरेका छन्।

मौसम पूर्वानुमान महाशाखाले आज (शुक्रबार) बिहान ६ बजे आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श जारी गरेको हो।

जसमा भनिएको छ : सुदूर पश्चिम, कर्णाली, गण्डकी, लुम्बिनी र बागमती प्रदेशका पहाडी भूभागका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा र देशका उच्च पहाडी र हिमाली भूभागका धेरै स्थानमा मध्यमदेखि भारी हिमपात सम्भावना र देशभर चिसो बढ्ने क्रममा समेत रहेकाले पर्वतारोहण, हवाई/यातायातलगायत दैनिक जनजीवनमा समेत असर पर्न सक्ने देखिएकाले आवश्यक सुरक्षा एवं सतर्कता अपनाउन हुन अनुरोध छ।

साथै महाशाखाले मौसमसम्बन्धी जानकारी लिइराख्न पनि आम नागरिकलाई अनुरोध गरेको छ।

प्रतिक्रिया