काठमाडौं : मिस विश्व कस्मोपोलिटन–२०१९ का विजेता तथा भिजे एंव मोडल प्रियारानी लामा राजकुमारी बनेकी छन् ।
रोनिश एण्ड ड्याड प्रोडक्शनले निर्माण गरेको भिडियो गीत राजकुमारीमा प्रियारानी राजकुमारीको भुमिकामा देखिएकी हुन् ।
गीतमा उनी मोडल रामहरी खड्काको राजकुमारीको रुपमा प्रस्तुत भएकी छन् । राजकुमारी बोलको उक्त गीत राजधानीको क्युज हलमा एक कार्यक्रमको आयोजना गर्दै सार्वजनिक गरेका छन् । कार्यक्रममा निर्माण टिम र अतिथीहरुको उपस्थिती रहेको थियो ।
कार्यक्रममा मोडल प्रियारानीले हिमालको काखमा खिचिएको गीतमा प्राकृतिक अनुपमलाई मिसाईएको बताईन् । नेपाल पर्यटनका लागि संभावना बोको देश भएको हुदाँ गीतमा देखाइएको स्थानले पर्यटन प्रवद्र्धनलाई टेवा पुग्ने बताईन् ।
गीतलाई मनाङ, मुस्ताङलगायतका ठाउँमा खिचिएको छ । यस्तै निर्देशक थापाले नेपाली भिडियोहरु गुणात्मक रुपमा बनाउन नसकिरहेको अवस्थामा राम्रो भिडियो बनाउने कोशिश गरेको बताए ।
गीतमा राजकुमार र राजकुमारी कल्पना गर्ने यूवाहरुको प्रेमलाई रोमान्टिक रुपमा प्रस्तुत गरिएको छ । प्रियारानी र रामहरी फिचर भएको गीतमा संगीत भने निरज लामाको रहेको छ ।
गीतको कम्पोजर र स्वर पनि निरजकै रहेको छ । खगेन्द्र भट्टराईले गीतको शब्द रचना गरेका छन् । राजकुमारी गीतलाई रुपेश थापाले निर्देशन र छायँकन गरेका छन् । सियोन श्रेष्ठको कोरियोग्राफी रहेको गीतलाई सुप्रिम पराजुलीले सम्पादन गरेका छन् ।