काठमाडौँ, मङ्सिर २८ : सामाजिक सञ्जालमा महिलाको अश्लील फोटो आफन्तलाई पठाएर ब्ल्याकमेल गरेको अभियोगमा एक जना भारतीय प क्रा उ परेका छन् ।
प क्रा उ पर्नेमा भारत उत्तर प्रदेश कोपागंज दोस्तपुरा घर भएका ३१ वर्षीय मोहम्मद सालीम रहेका छन् । उनलाई आइतबार दिउँसो काठमाडौं महानगरपालिका-१४ कलंकीबाट प्र ह रीले प क्रा उ गरेको हो ।
सालीमले बैदेशिक रोजगारको क्रममा दुबईमा एउटै कम्पनीमा काम गर्ने आफ्नै महिला साथीको अनुहारको भाग न ग्न तस्बिरमा जोडी उक्त अ श्ली ल फोटो सामाजिक सञ्जाल फेसबुक र वास्ट्एपमार्फत महिलाको आफन्तलाई पठाएका थिए ।
साथै पी डि त को नामबाट बनाएको नक्कली फेसबुक आईडीमा अश्लील फोटो पोष्ट गरी महिलाको चरित्र ह त्या गरेको जाहेरीका आधारमा महानगरीय प्र ह री परिसर काठमाडौंबाट खटिएको प्र ह रीले उनलाई प क्रा उ गरेको हो ।
उनी उपर विद्युतीय कारोवार ऐन, २०६३ अन्तर्गत मुद्दा दायर गरी ७ दिन म्याद थप अनुमति लिई थप अ नुसन्धान भइरहेको महानगरीय प्र ह री परिसर काठमाडौंले जनाएको छ ।