यूएईको बजारमा अब ‘गोर्खाली लिभ्स ग्रीन टी’

admin

काठमाडौं, २ पुस : ‘फ्यामकल नेपाल’ नामक कम्पनीले नेपाली उत्पादनलाई यूएई भित्र्याउने तयारी गरेको छ । संयुक्त अरब इमिरेट्स यूएईको बजारमा ‘गोर्खाली लिभ्स ग्रीन टी’ चियासहित नेपाली उत्पादन भित्र्याउने भएको हो ।

नेपाली उत्पादनमा पाइने शुद्धता र विविधताले जुनसुकै देशमा पनि स्वादका पारखीहरुलाई आकर्षण गर्न सक्ने भएकाले बजार विस्तार गर्न लागेको फ्यामकल नेपालका बोर्ड सदस्य निश्चल दाहालको भनाइ छ ।​ उक्त कम्पनीले काठमाडौंमा रहेको यूएई दूतावासमा यस विषयमा छलफल गरेको जनाएको छ ।

यस्तै नेपालका लागि यूएईका राजदूत सैइद हमदान अल नक्बीले यूएईमा नेपाली उत्पादन स्थापित गराउन सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । राजदूत नक्बीसँग भेट गरी नेपाली उत्पादन अलैँची, चिया, जडिबुटी, अत्तर, मर-मसला लगायतका सामाग्रीहरु यूएईमा पुर्‍याइ व्यापार मार्फत पर्यटन प्रवर्द्धन गर्ने विषयमा छलफल भएको कम्पनीले जनाएको छ ।

प्रतिक्रिया