कांग्रेस सहमहामन्त्रीमा फरमुल्लाह मन्सुर र किशोरसिंह राठौर विजयी

admin

काठमाडौं, २ पुस : नेपाली कांग्रेसको मुस्लिमतर्फको सहमहामन्त्रीमा फरमुल्लाह मन्सुर विजयी भएका छन् । सह–महामन्त्रीमा चार हजार ६ सय ८६ मत खसेकोमा मन्सुरले दुई हजार सात सय ७६ मत प्राप्त गरेका छन् । उनका प्रतिस्पर्धी वकिल शेखले नौ सय पाँच मतले कम अर्थात् एक हजार आठ सय ७१ मत प्राप्त गरेको कांग्रेसको निर्वाचन समितिले जनाएको छ ।

सहमहामन्त्रीमा निर्वाचित मन्सुर सभापति शेरबहादुर देउवा समूहबाट र शेख डा. शेखर कोइराला समूहबाट उम्मेदवार बनेका हुन् । समितिका अनुसार किशोरसिंहले २५७६ मत पाए भने देवराजले २५५९ मत ल्याए ।

यस्तै खस/आर्यतर्फको सहमहामन्त्रीमा किशोरसिंह राठौर विजयी भएका छन् । राठौरले दुई हजार पाँच सय ७६ मत प्राप्त गरेका छन् । उनका प्रतिस्पर्धी देवराज चालिसेले दुई हजार ५९ मत प्राप्त गरे । किशोरसिंहले देउवा र देवराजले कोइराला समूहबाट उम्मेदवार बनेका हुन् ।

यसअघि सहमहामन्त्रीमा महिला खुलातर्फ डिना (महालक्ष्मी) उपाध्याय, दलिततर्फ जीवन परियार र आदिवासी जनजातीतर्फ भीष्मराज आङ्देम्बे निर्वाचित भइसकेका छन् । कांग्रेसका आठ वटा सहमहामन्त्री पदमध्ये अब तीन वटा क्लस्टरका सहमहामन्त्रीको मतगणनाको परिणाम आउन बाँकी छ ।

प्रतिक्रिया