न्युजिल्यान्डमा कारोनाविरुद्ध फाइजर खोप लगाएका व्यक्तिको ज्याान गयो

admin

एजेन्सी, ६ पुस : न्युजिल्यान्डमा कारोना भाइरसविरुद्ध फाइजरको खोप लगाएपछि एक व्यक्तिको ज्यान गएको छ । खोपपछि उनलाई हृदयघात भएको हुन सक्ने अनुमान गरिएको छ ।

२६ वर्षीय रोयी जेम्स नरिनको ज्यान गएको हो । पहिलो डोज लगाएको दुई साता नबित्दै उनको ज्यान गएको हो । उनलाई खोपपछि हृदयघात भएको प्रारम्भिक परीक्षणमा देखिएको जनाइएको छ ।

खोपकै कारण उनको ज्यान गएको न्युजिल्यान्डको खोप अनुगमन बोर्डले जनाएको छ । खोप लगाएपछि उनी त्रसित देखिएका थिए । यसअघि अगस्टमा पनि फाइजर खोप लगाएकी एक महिलाको मृत्यु भएको थियो ।

प्रतिक्रिया