हुम्ला, ७ पुस : गत मंसिर २९ गतेदेखि हराएका हुम्ला सर्केगाड गाउँपालिका–१ जैरका १९ वर्षिय चन्द्र कामी भेटिएका छन् ।
खार्पु प्रहरी चौकीको टोलीले उनलाई खार्पुनाथ गाउँपालिका–५ याङचु बजारमा (आज) बुधबार फेला परेको जिल्ला प्रहरी कार्यालय हुम्लाका सूचना अधिकारी एवम् प्रहरी निरीक्षक दानसिंह भण्डारीले जानकारी दिए ।
चन्द्रले मुगु सोरु गाउँपालिकाकी युवतीसँग गत मंसिर ५ गते प्रेम विवाह गरेका थिए । त्यसपछि मंसिर २९ गते माइती पक्षले बोलाएर चन्द्रेलाई बेपत्ता पारेको चन्द्र कामीको परिवारको आरोप छ । आरोपपछि जिल्ला प्रहरी कार्यालय हुम्लाले खोजी गर्न प्रहरी टोली खटाएको थियो ।