माओवादी केन्द्रले राष्ट्रिय सम्मेलनलाई महाधिवेशनमा परिणत गर्ने

admin

काठमाडौं, १० पुस : नेकपा माओवादी केन्द्रले राष्ट्रिय सम्मेलनलाई महाधिवेशनमा परिणत गर्ने निर्णय गरेको छ ।

आइतबारदेखि सुरु हुने राष्ट्रिय सम्मेलनप्रति आकर्षण बढेसँगै समेलनलाई महाधिवेशनमा परिणत गर्ने प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिएका हुन् ।

पार्टी स्थायी कमिटी बैठकपछि सञ्चारकर्मीसँगको कुराकानीमा उनले भने, ‘भोलि आठ बजे केन्द्रीय कमिटीको बैठक बस्दैछ ।

र, भोलिदेखि सुरु हुने सम्मेलनमा सबैको आकर्षण बढेकोले सम्मेलनमा महाधिवेशनमा लैजाने निर्णय भएको छ ।’

प्रतिक्रिया