माओवादी केन्द्रको महाधिवेशन सुरु, शेरबहादुर देउवासहित अन्य शीर्ष नेताहरु उपस्थित

admin

काठमाडौं, ११ पुस : नेकपा माओवादी केन्द्रको आठौँ राष्ट्रिय महाधिवेशन काठमाडौंको कमलादीमा रहेको प्रज्ञा भवनमा सुरु भएको छ ।

महाधिवेशनलाई शुभकामना दिन प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, नेकपा एमालेका महासचिव शंकर पोखरेल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, राष्ट्रिय जनमोर्चाकी नेतृ दुर्गा पौडेल, राप्रपाकी महामन्त्री कुन्ती शाही लगायतका नेताहरू कार्यक्रममा उपस्थित भएका छन् ।

नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओली भने गृह जिल्ला झापामा रहेकाले महाधिवेशनमा सहभागी भएका छैनन् । महाधिवेशनमा देशभरबाट झण्डै एक हजार ६ सय प्रतिनिधि सहभागी भएका छन् ।

पाँच दिनसम्म चल्ने महाधिवेशनले पार्टीको नयाँ नेतृत्व पनि चयन गर्नेछ । उद्घाटनस्थल प्रज्ञा भवनको परिसरमा फ्लेक्समार्फत प्रत्यक्ष हेर्न सकिने व्यवस्था गरिएको छ । माओवादीले राष्ट्रिय सम्मेलनलाई महाधिवेशनमा रूपान्तरण गरेको छ ।

प्रतिक्रिया