काठमाडौं, १४ पुस : देशभर पछिल्लो २४ घण्टामा २२० जना कोरोना संक्रमित थपिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६ हजार ४३३ जनाको पिसिआर परीक्षण र ११७५ जनाको एन्टिजेन परीक्षण गर्दा २२० जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
त्यस्तै, पछिल्लो २४ घण्टामा २ जना संक्रमितको मृ त्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृ त्यु हुनेको संख्या ११ हजार ५९० पुगेको छ ।
बुधबार २५३ जना संक्रमणमुक्त भएका छन् । हाल नेपालमा सक्रिय संक्रमितको संख्या ४ हजार ८६४ रहेको छ ।