थप २४१ जनामा कोरोना पुष्टि

admin

काठमाडौं, १५ पुस : मुलुकभर पछिल्लो २४ घण्टामा २ सय ४१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ८ हजार ८९७ जनाको आरटी–पीसीआर र एन्टिजेन विधिबाट परीक्षण गर्दा २ सय ४१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार ६ हजार ८१४ जनाको आरटी–पीसीआर विधिबाट परीक्षण गर्दा २ सय ३५ जना र २ हजार ८३ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा ६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको कुल संख्या ९ लाख २४ हजार ३९८ पुगेको छ ।

पछिल्लो २४ घण्टामा २२८ जना कोरोनामुक्त भए, ० को मृत्यु
कोरोना भाइरस (कोभिड–१९)को संक्रमणबाट पछिल्लो २४ घण्टामा देशभर २ सय २८ जना निको भएर घर फर्किएका छन् । योसँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेहरुको संख्या ८ लाख ११ हजार ७४६ पुगेको छ ।

पछिल्लो २४ घण्टामा देशभर ८ हजार ८९७ जनाको परीक्षण हुँदा हालसम्म कुल ५६ लाख ६४ हजार २६९ जनाको पीसीआर–एन्टिजेन परीक्षण भएको छ ।

यसैगरी पछिल्लो २४ घण्टामा कुनै पनि संक्रमितको मृ त्यु भएको छैन । हालसम्म नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार ५८८ पुगेको छ ।

प्रतिक्रिया