जनताबाट विश्वास पाएका जनप्रतिनिधिको छनोट हुने गरी तीनै तहको चुनाव समयमै हुन्छ : गृहमन्त्री

admin

कास्की, १६ पुस : गृहमन्त्री बालकृष्ण खाँणले तीनै तहको चुनाव समयमै सम्पन्न हुने बताएका छन् । गृहमन्त्री खाँणले तीन वटै तहको चुनावलाई निष्पक्ष, स्वतन्त्र र भयमुक्त वातावरणमा सम्पन्न हुने गरी सरकारले आवश्यक शान्ति सुरक्षाको व्यवस्था गर्ने प्रतिवद्धतासमेत व्यक्त गरे ।

(आज) शुक्रबार पोखरामा स्थानीय सञ्चारकर्मीहरूले राखेका जिज्ञासाको जवाफ दिने क्रममा उनले नागरिकबाट विश्वास पाएका जनप्रतिनिधिहरूको छनोट हुने गरी सबै तहको चुनाव हुने बताए ।

गृहमन्त्री खाँणले भने, ‘सबै चुनाव समयमै सम्पन्न हुनेछन् । सरकारले शान्ति सुरक्षा प्रदान गर्नेछ । निष्पक्ष, स्वतन्त्र, भयमुक्त वातावरणमा जनताले मत दिएर, जनताबाट विश्वास पाएका जनप्रतिनिधिहरूको छनोट हुने खालको निर्वाचन समयमै सम्पन्न गरिनेछ ।’

प्रतिक्रिया