विराटनगर , २१ पुस : मोरङ उर्लाबारीका सनम शाक्य ह त्या तथा साढे ३३ किलो सुन तस्करी प्रकरणसँग जोडिएका रमेश उप्रेतीलाई जिल्ला अदालत मोरङमा उपस्थित गराएको छ।
इन्टरपोलको सहयोगमा दुबईबाट प क्रा उ गरी हिजो काठमाडौं ल्याइएका रमेशलाई प्र ह रिले आज (बुधबार) विराटनगर ल्याएर अदालतमा उपस्थित गराएको हो।
अदालत उपस्थित गराइएका रमेशको बिहीबार अदालतमा बयान हुने र सोही दिन थुनछेक बहस हुने अदालतले जनाएको छ।
रमेश सुन तस्करी तथा शाक्य ह त्या प्रकरणका मुख्य अभियुक्त झापाका चुडामणि उप्रेती (गोरे)का भाइ हुन्।
सुन तस्करी प्रकरणको र ह स्य बाहिरिएपछि फरार भएका उनी युएईमा बस्दै आएका थिए। दुबईबाट सुन नेपाल पठाउने गरेको आरोप लागेका रमेशलाई मंगलबार दुबईबाट एयर अरेबियाको हवाईजहाजमार्फत नेपाल ल्याइएको हो।