प्रचण्डसँग कार्यकर्ताको प्रत्‍यक्ष भेटघाट बन्द

admin

काठमाडौं, २२ पुस : पार्टी केन्द्रीय कार्यालयमा कार्यरत कर्मचारीमा कोरोना सङ्क्रमण भएपछि नेकपा(माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नियमित भेटघाटलाई स्थगित गर्नुभएको छ ।

केन्द्रीय कार्यालयमा कार्यरत कर्मचारीलाई समेत कोभिड– १९ सङ्क्रमणको पुष्टि भएकाले तत्कालका लागि भेटघाटका कार्यक्रम स्थगित गरिएको उहाँको सचिवालयले जनाएको छ ।

पार्टीको नियमित कामलाई केन्द्रीय कार्यालयमार्फत नै व्यवस्थित गर्ने प्रयास गरिएको जानकारी दिँदै अध्यक्ष प्रचण्डका स्वकीय सचिव गङ्गा दाहालले कतिपय संवाद, भेटघाट, बैठक र छलफललाई प्रविधिको प्रयोगमार्फत सहजीकरण गरिने बताउनुभयो ।

उहाँले ततकालका लागि पार्टी केन्द्रीय कार्यालयमा समेत कोरोना सङ्क्रमणको पुष्टि भएकाले भीडभाडमा पनि सतर्कता अपनाउन आग्रह गर्नुभएको छ ।

पार्टी कार्यालयमा कार्यरत कर्मचारीमाा कोरोना पुष्टि भएको तथा देशभर नै कोरोनाको सङ्क्रमणको जोखिम थप बढेको भन्दै अध्यक्ष दाहालको सचिवालयले स्वास्थ्य सुरक्षाका मापदण्डको पालना गर्न तथा सावधानी अपनाउन आग्रह गरेको छ ।

प्रतिक्रिया