आज थप नौं सय ६८ जनामा संक्रमण पुष्टि

admin

काठमाडौं, २३ पुस : (आज) शुक्रबार नेपालमा थप नौं सय ६८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

पीसीआर र एन्टिजेन गरी १४ हजार नौ सय ७१ जनाको नमुना परीक्षण गर्दा नौ सय ६८ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । यस्तै बितेको २४ घण्टामा दुई सय ६२ संक्रमित निको भएका छन् ।

यो अवधिमा कोरोना संक्रमणका कारण कसैको पनि ज्यान गएको छैन । अहिले नेपालमा पाँच हजार सात सय ४१ जना सक्रिय संक्रमित रहेका छन् । यस्तै बितेको २४ घण्टामा दुई लाख ६३ हजार तीन सय ७१ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् ।

नेपालमा अहिलेसम्म दुई करोड ५९ लाख पाँच हजार ६ सय ६३ मात्रा खोप प्रयोग भएकोमा एक करोड १० लाख दुई हजार नौ सय ७६ जनाले पूर्ण मात्रा खोप लगाएका छन् । यस्तै एक करोड ४९ लाख दुई हजार ६ सय ८७ जनाले कम्तीमा एक मात्रा खोप लगाएका स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया