फेरि कोरोना संक्रमण फैलिएसँगै भारतबाट नेपाल फर्किनेको संख्या बढ्यो

admin

काठमाडौं, २६ पुस : छिमेकी मुलुक भारतबाट घर फर्किरहेका ठूलो संख्याका नेपालीमा कोरोना संक्रमण भेटिएको छ । भारतमा कोरोनाको नयाँ भेरियन्ट (ओमिक्रोन) व्यापक रूपमा फैलिएपछि नेपालीहरू धमाधम घर फर्किन थालेका छन् ।

पूर्वको वीरगन्जदेखि सुदूरपश्चिमको गड्डाचौकी नाका भएर घर फर्केका नेपालीमा सीमा नाकामा चेकजाँच गर्दा व्यापक रूपमा कोभिड संक्रमण भेटिएको हो । पछिल्ला दिनमा, भारतीय सीमा बजारमा किनमेल गर्न जानेमा पनि कोभिड संक्रमण भेटिन थालेपछि सीमामा कडाइ गर्नुपर्ने स्थिति देखिएको छ ।

तर, सीमा नाकामा नेपालको पर्याप्त सुरक्षा चेकजाँच र सतर्कता देखिएको छैन । यसबाट, कुनै पनि बेला मुलुकमा भयावह अवस्था नआउला भन्न सकिन्न । दैनिक रूपमा हजारौंले नेपाल-भारत सीमा ओहोरदोहोर गर्छन् । तर, सबैको परीक्षण हुन सकेको छैन । चोर बाटोबाट ओहोर-दोहोर गर्नेको संख्या पनि उत्तिकै छ । त्यसैले सीमामा हुने यिनै लापरबाहीले संक्रमितको संख्या ह्वात्तै बढेको छ ।

प्रतिक्रिया