काठमाडौं, ४ माघ : पुस १६ गतेदेखि बढ्न थालेको शेयर बजार झण्डै तीन सय अंक उकालो लागेपछि (आज) मंगलबार सामान्य घटेको हो ।
पुस १६ गतेयता बजार जम्मा दुई दिन मात्रै घटेको थियो । नेप्से मंगलबार १० दशमलव ७८ अंकले घटेर दुई हजार नौ सय ३६ दशमलव ६६ विन्दुमा झरेको छ ।
मंगलबार उत्पादन समूहको शेयर एक सय ८६ अंकले, विकास बैंकको एक सय ३०, माइक्रो फाइनान्स ८९, फाइनान्स समूह ६९, जीवन बीमा समूह एक सय ९८ र निर्जीवन बीमा समूहको शेयर एक सय ७८ अंकले घटेको छ ।
यस्तै मंगलबार बैंकिङ समूहको शेयर भने २२ अंकले बढेको छ । एक करोड ६० लाख कित्ता शेयर आठ अर्ब ४४ करोड रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै अपी पावर कम्पनीको २८ करोड ११ लाख रुपैयाँको शेयर किनबेच भयो ।
सबैभन्दा धेरै मानुषी लघुवित्त कम्पनीको शेयर पाँच प्रतिशतले घटेको छ । समग्र बजार घट्दा पनि साम्लिङ पावर कम्पनीको शेयर साढे नौ प्रतिशत र मध्ये भोटेकोशी जलविद्युत कम्पनीको शेयर आठ प्रतिशतले बढेको छ ।