काठमाडौं, ५ माघ : (आज) बुधबार ११ हजार तीन सय ५२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो दैनिक विवरण अनुसार अहिलेसम्मकै सबैभन्दा बढी संक्रमण हो ।
पीसीआर र एन्टिजेन गरी २३ हजार चार सय नौ जनाको नमूना परीक्षण गर्दा ११ हजार तीन सय ५२ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
यस्तै बितेको २४ घण्टामा ६ सय १३ जना संक्रमित निको भएका छन् भने थप चार जनाले कोरोना संक्रमणका कारण ज्यान गुमाएका स्वास्थ्य तथा जसंख्या मन्त्रालयले जनाएको छ ।