आज बस्ने भनिएको पाँच दलीय गठबन्धन समन्वय समितिको बैठक स्थगित

admin

काठमाडौं, ६ माघ : सत्तारुढ गठबन्धन उच्चस्तरीय राजनीतिक समन्वय समितिको (आज) बिहीबार बस्ने भनिएको बैठक स्थगित भएको छ ।

स्थानीय तह र संसदीय चुनावका लागि मिति तय गर्ने विषयमा छलफल गर्न बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा दिउँसो चार बजे बोलाइएको बैठक स्थगित भएको हो । सत्ता गठबन्धनमा स्थानीय तहको चुनाव पहिला गर्ने की संघीय संसदको भन्ने विषयमा निचोड निस्कन सकेको छैन ।

प्रधानमन्त्री शेरबहादुर देउवाले स्थानीय तहको चुनाव अगाडि गर्नुपर्ने प्रस्ताव राखेका छन् । तर माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बैशाख-जेठमा संसदीय र कात्तिक-मंसिरमा स्थानीय तहको चुनाव गर्न प्रस्ताव राखेका छन् ।

गएको मंगलबार बसेको समन्वय समितिको बैठकले थप छलफल तथा निर्वाचन आयोगसँग पनि परामर्श गर्ने र पुनः बैठक बस्ने निर्णय गरेको थियो । तर बिहीबारका लागि तय भएको बैठक स्थगित भएको माओवादी केन्द्रका अध्यक्ष प्रचण्डका स्वकीय सचिव रमेश मल्लले जानकारी दिए ।

प्रतिक्रिया