मुलुकभर थप ३५४० जनामा कोरोना पुष्टि, ३२ जनाको मृत्यु

admin

काठमाडौं, १६ माघ : नेपालमा आइतबार ३ हजार ५ सय ४० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

देशभर गरिएको ९ हजार ९ सय १० पीसीआर परीक्षणका क्रममा ३ हजार ४९ जना र ३ हजार २ सय ३५ एन्टिजेन परीक्षणका क्रममा ४ सय ९१ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रलयले जनाएको छ ।

त्यस्तै कोरोनाका कारण थप ३२ जनाको मृत्यु भएको छ । हालसम्म नेपालमा कोरोनाका कारण ११ हजार ७ सय ३२ जनाको मृ त्यु भएको छ ।

त्यस्तै थप ६ हजार ५ सय ५९ संक्रमित निको हुँदा नेपालमा ८ लाख ५४ हजार ७ सय १९ संक्रमित निको भएका छन् ।

हाल नेपालमा ८३ हजार ९ सय ९९ सक्रिय संक्रमित आइसोलेशनमा रहेको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया