काठमाडौं, १७ माघ : अनलाइन माध्यमबाट जुवा खेल्ने र खेलाउने ७४ जना काठमाण्डौबाट प क्रा उ परेका छन् ।
हिजाे आइतवार राति काठमाण्डौ महानगरपालिका वडा नम्बर ६ बौद्धमा दोलखाका सुवास घिसिङले सञ्चालन गरेको रेस्टुरेन्टमा अनलाइन जुवा बिङ्गो खेलिरहेका ७४ जनालाई प्र ह रीले प क्रा उ गरेको हो ।
उनीहरूमध्ये ६६ जना पुरुष र आठ जना महिला रहेका छन् । रेस्टुरेन्टमा ठूलो सङ्ख्यामा मान्छेहरू जम्मा भएर अनलाइन जुवा खेलेको सुराकीका आधारमा प्रहरीले छापा मारेको थियो ।
उनीहरूको साथबाट ६ लाख ९० हजार रुपैयाँ नगद, अनलाइन जुवा खेलाउन प्रयोग हुने मोबाइल लगायतका सामग्री बरामद गरिएको पनि महानगरीय प्रहरी परिसर टेकुले जनाएको छ ।
पछिल्लो समय अनलाइनबाट जुवा खेलाउने क्रम बढेको भन्दै सक्रियता बढाइएको प्रहरीको भनाइ छ ।