थप ५ हजार २ सय ९२ जनामा कोरोना संक्रमण पुष्टि, ८ जनाको मृ त्यु

admin

काठमाडौं, १७ माघ : नेपालमा पछिल्लो २४ घण्टामा थप ५ हजार २९२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

गत चौबीस घन्टामा कोरोना संक्रमणबाट ८ जनाको मृ त्यु भएको छ। यससँगै हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार ७ सय ४३ पुगेको छ।

शुक्रबार ८ हजार १ सय ९१ जना कोरोना संक्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ। हाल देशभर ७९ हजार २ सय ७२ जना सक्रिय संक्रमित रहेका छन्।

गत चौबीस घन्टामा १० हजार ३ सय ६८ पीसीआर तथा ५ हजार ७२० एन्टिजेन परीक्षण भएको छ।

 

प्रतिक्रिया