काठमाडौं, १८ माघ : सामाखुसीस्थित ट्रिपल स्टार म्यानपावरबाट परिचालित गुण्डाहरुले न्यूज २४ टिभीका फोटोपत्रकार महेश्वर के.सी.माथि हातपात गरेका छन् ।
मंगलबार दिउँसो ट्रिपल स्टार म्यानपावर पुगेर फोटो समाचार संकलन गर्ने क्रममा म्यानपावरले खटाएका गुण्डाहरुले फोटोपत्रकार के.सी. माथि हातपात गरि क्यामेरा खोसेर लगेका हुन् ।
म्यानपावरका गुण्डाहरुले के.सी. लगायत तीन जना पत्रकारमाथि कुटपिट गरेर ग म्भीर घा इ ते बनाएका छन् । गम्भीर घा इ ते भएका पत्रकाहरुको ग्रिन सिटी अस्पतालमा उपचार भइरहेको छ ।
गम्भीर घा इते भई अस्पताल भर्ना हुनेहरुमा दिपेशराज पाण्डे, हरिप्रसाद, पाठक दशरथ भण्डारीलगायत रहेका छन् । म्यानपावरले विदेश उडाइदिन्छु भनेर विदेश नपठाएपछि पीडितहरु कार्यालयमा उपस्थित भएका थिए । पीडितहरुसँगै सञ्चारकर्मी पनि त्यहाँ पुगेका थिए ।
त्यहाँ पुगेका पीडित र पत्रकारलाई समाउँदै म्यानपावरबाट परिचालित गुण्डाहरुले र ग ताम्य गरि कुटपिट गरेका थिए । पछि प्र ह री आएर सुरक्षा दिलाएका थिए ।