पेट्रोलको मुल्यबृद्धी विरुद्धा नेकपा विप्लवको पोखरामा राके जुलुस

admin

काठमाडौं, १९ माघ : जनताको दैनिक जीवनसँग जोडिएका पेट्रोलियम तथा खाद्यवस्तुजस्ता अत्यावश्यक वस्तुमा सरकारले निरन्तर हुदै आएको मूल्य वृद्धिको विरुद्धमा पोखरामा नेपाल कम्युनिष्ट पार्टी “बिप्लव “ले मसाल जुलुस प्रदर्शन गरेका छन् ।

पोखराको सभागृह अगाडीबाट साझको ६ बजे सुरु भएको मसाल जुलुस न्युरोडमा पुगेर कोणसभामा परिणत भएको थियो ।

प्रदर्शनका क्रममा नेकपाका कार्यकर्ताले मुल्यबृद्धी तत्काल फिर्ता हुनुपर्ने ,एमसीसी खारेज हुनुपर्ने, जनमत संग्रहको घोषणा गर्नुपर्ने भन्दै नारा लगाएका थिए ।

प्रदर्शनपछि आयोजित कोणसभामा नेकपा गण्डकी प्रदेशका इन्चार्ज अटल शर्मा ले सरकारले गरेको जनबिरोधी कामलाई हेरेर बस्न नसक्ने बताए ।

सरकारले पेट्रोलियम पदार्थमा गरेको मूल्य वृद्धिविरूद्ध आन्दोलन कार्यक्रम घोषणा समेत गरेको उनले बताए ।

अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य बढेको जनाउँदै निगमले पेट्रोल, डिजेल र मट्टितेलको साबिक मूल्यमा प्रतिलिटर ३/३ रुपैयाँ बढाएको हो ।

नयाँ मूल्य अनुसार पेट्रोल प्रतिलिटर १ सय ४२ रुपैयाँ, डिजेल र मट्टितेल १ सय २५ रुपैयाँ पर्नेछ । पेट्राेलको यो मूल्य अहिलेसम्मकै उच्च हो ।

प्रतिक्रिया