खाेटाङ : खोटाङमा नक्कली मह बिक्री गरिरहेको अवस्थामा एक जना प क्रा उ परेका छन् ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलबजारमा महजस्तो देखिने पदार्थ बिक्री गरिरहेको अवस्थामा १३ वर्षीय एक बालकलाई प क्रा उ गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङका सूचना अधिकारी एवं प्र ह री निरीक्षक सागर शाहले बताउनुभयो ।
स्थानीयबाट नक्कली मह बिक्री गरिरहेको जानकारी प्राप्त भएपछि जिल्ला प्र ह री कार्यालयबाट खटिएको प्रहरीको टोलीले उनलाईलाई महजस्तो देखिने ५ केजी पदार्थसहित शनिबार प क्रा उ गरेको हो ।
बजारमा नक्कली मह बिक्री भइरहेको विषयमा उद्योग वाणिज्य संघले नगरपालिकालाई जानकारी गराएपछि प्र ह रीले ती बालकलाई नियन्त्रणमा लिएको हो ।
नक्कली मह बिक्री गरिरहेका अर्का एक जना फरार भएका छन् । उनको खोजी भइरहेको प्रहरीले जनाएको छ । यस विषयमा थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक शाहले बताउनुभयो ।