नेपालको प्राकृतिक सम्पदाको सही प्रयोग गर्न सके मुलुक समृद्ध हुन्छ : मन्त्री गहतराज

admin

काठमाडौं, २० फागुन : युवा तथा खेलकुदमन्त्री महेश्वर गहतराजले नेपालको प्राकृतिक सम्पदाको सहि प्रयोग गर्न सके मुलुक समृद्ध हुने बताउनुभएको छ ।

राष्ट्रिय युवा परिषद्को सातौ स्थापना दिवसका अवसरमा बिहीबार भक्तपुरमा आयोजित कार्यक्रममा मन्त्री गहतराजले स्रोत र साधनले धनि देश भएको भन्दै प्राकृतिक सम्पदाको सहि प्रयोग गर्न सके मुलुक समृद्ध हुने बताउनुभएको हो ।

उहाले नेपालमा युवाहरुलाई सक्रिय बनाउन सकने उनीहरुको दक्षता यहि प्रयोग हुन सक्ने धारणा राख्नुभयो । मन्त्री गहतराजले युवाहरु अहिले धेरै निराश हुनुपर्ने अवस्था नरहेको भन्दै बिभिन्न आन्दोलनबाट प्राप्त उपलव्धीले देश बिकासको आधार तय भएको उल्लेख गर्नुभयो ।

उहाले राष्ट्रिय युवा परिषदलाई प्रभावकारी रुपमा सञ्चालन गर्न निर्देशन पनि दिनुभयो ।युवाहरुलाई रोजगार दिलाउनका लागि आधार दिने काम राष्ट्रिय युवा परिषदले गर्नुपर्ने उहाको भनाई छ ।

 

प्रतिक्रिया