घरमा खाना पकाउँदै गरेकी शर्मिला वाइबा भन्छिन् ‘म पक्राउ परेकी छैन’

admin

अभिनेत्री रेखा थापाविरुद्ध गालीगलौज गरेको आरोपमा प्रहरीले सामाजिक संजालमा चर्चित शर्मिला वाइबालाई सोधपुछका लागि नियन्त्रणमा लिएको भन्ने समाचार मिथ्या भएको शर्मिला वाइबाले दाबी गरेकी छिन्।

फोटो: वाइबाको सामाजिक संजालबाट

उनीमाथि अभिनेत्री रेखा थापालाई गालीगलौज गरेको भन्दै गत शुक्रबार साइबर व्युरोमा रेखा थापाकी दिदी तारा थापाले जाहेरी दर्ता गराएकी थिइन् । बुटवल स्थित श्रीमानको घरमा खाना पकाउँदै गरेको बताउँदै शर्मिला वाइबाले आफु पक्राउ नपरेको तथा प्रहरीले अहिलेसम्म सम्पर्क समेत नगरेको बताएकी छिन्। अकस्मात मिडियामा प्रहरी नियन्त्रणमा रहेको समाचार देखेर आफैं अचम्ममा परेको उनले बताइन्।

नाबालिका बलात्कारको आरोपमा थुनामा रहेका चर्चित नायक पल शाहको पक्ष र विपक्षमा यतिबेला सामाजिक संजाल ध्रुवीकृत रहेको छ। नाबालिकाको पक्षमा बोलेको भन्दै अभिनेत्री थापालाई शर्मिला वाइबाले गालीगलौज गरिएको उजुरीमा उल्लेख छ ।

प्रतिक्रिया