सभामुख, सरकार, निर्वाचन आयोग सबै एमाले विरुद्ध लागेः केपी ओली

admin

काठमाडौं,२४ फागुन : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सभामुख, सरकार, निर्वाचन आयोग सबै एमाले विरुद्ध लागेको आरोप लगाएका छन्।

मंगलबार काठमाडौँमा भएको अन्तर्राष्ट्रिय नारी दिवसका अवसरमा अखिल नेपाल महिलासंघले गरेको कार्यक्रममा बोल्दै उनले सो आरोप बताएका हुन्।

अध्यक्ष ओलीले सभामुख अग्नि सापकोटाको आलोचना गर्दै सभामुखले मनपरी गरेको आरोप लगाए। सभामुख सापकोटाले तमासा देखाएको आरोप लगाउँदै उनले भने–‘सभामुखको तर्फबाट नियम कानुन भन्ने कुराको कुनै मतलव छैन् ।

स्वेच्छाचारिता, मनपरितन्त्र, कुनै पार्टीको अध्यक्षले ब्यक्तिगत तबरमा गरेको निर्णयका आधारमा सूचना जारी गरिदिने, कुनै पार्टीले केन्द्रीय कमिटीले निर्णय गरेको पार्टीको सरकार ढाल्ने, पार्टी फुटाएर हिँड्ने, प्रतिक्रियावादीहरुलाई फाइदा पु¥याउने, दुई तिहाईको आसपासमा पुगेको वामपन्थी आन्दोलनलाई चकनाचुर पारेर दक्षिणपन्थीहरुको पाउ मोल्न जानेहरूलाई निकालेको पनि सदर नगरी सभामुख बसिरहेका छन्।’

ओलीले निर्वाचन आयोगले मतपत्रमा निर्वाचन चिन्ह हरियो राख्न किन खोजेको हो भन्दै प्रश्न गरेका छन्। निर्वाचन आयोगले सोमबार पत्रकार सम्मेलन गरी मतपत्रमा निर्वाचन चिन्ह हरियो रङको हुने बताएको थियो।

ओलीले भने निर्वाचन आयोगले के कारणले त्यस्तो चिन्ह राख्न खोजेको भन्दै त्रुटि सच्याउन माग गरेका छन्। परमादेशबाट मुद्धा जितेर बनेको सरकार एमालेको विरोधी स्वभाविक भएको बताउँदै मुद्धा जितेर पनि कहीँ सरकार बन्छ भन्दै ओलीले प्रश्न गरे।

प्रतिक्रिया